संकटग्रस्त १० मेगावाट भन्दा साना जलविद्युत आयोजनाले २० करोडसम्म पुनरकर्जा पाउने

फाइलफोटो

काठमाडौं, ११ असार । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि- २०७७ संशोधन गर्दै केही क्षेत्रका लागि पुनरकर्जा रकमको सीमा बढाएको छ ।

कोभिडलाई लक्षित गर्दै राष्ट्र बैंकले केही क्षेत्रको पुनरकर्जा रकमको सीमा बढाएको हो ।

जस अनुसार कोरोना महामारीका कारण समस्यामा परेको जलविद्युत आयोजनाहरुले २० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने छन् ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले सङ्कटग्रस्त दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई उक्त पुनरकर्जा दिइने छ ।

सङ्कटग्रस्त जलबिद्युत्आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलबिद्युत्आयोजनालाई बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनरकर्जा नवीकरण गर्न सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here