युरो कप फुटबल: नकआउट चरणका खेल आजदेखि, कसको भिडन्त को सँग ?

काठमाडौं, १२ असार । युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् । नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दै छन् ।

समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित भएको थियो ।

यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो ।

इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले टर्की, स्वीट्जरल्यान्ड र वेल्सलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।

आजै राति इंग्ल्यान्डमा इटाली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल राति १२: ४५ बजे हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

अन्तिम १६ का केही खेलहरु भने निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ । किनभने केहि पूर्व च्याम्पियनको यात्रा यो चरणमै समाप्त हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here