बाढीको पूर्वानुमान : लगातारको वर्षाले यी नदी आसपासमा उच्च जोखिम

फाइलफोटो

काठमाडौं, १२ असार । देशभर वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।

जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका स-साना सहायक नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार नारायणी‚ कर्णाली‚ महाकाली‚ राप्ती र बबई नदीमा पनि पानीको बहाव सामान्य बढ्ने छ ।

महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा प्रदेश १ का इलाम‚ झापा‚ मोरङ‚ उदयपुर‚ ओखलढुंगा‚ धनकुटा‚ ताप्लेजुङ‚ र संखुवासभा भई बहने नदी तथा खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेश २ का बारा‚ धनुषा‚ सिरहा र सप्तरीमा रहेका नदी तथा खोला आसपासका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ ।

बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चिवतन, मकवानपुर, काठमाडौँ र सिन्धुली लगायतका जिल्ला भइ बहने नदीहरुमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना छ।

यस्तै गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, बागलुङ, परासी तथा लुम्बिनी प्रदेशको नवलपुर, गुल्मी, पाल्पा, दाङ त्यसैगरी कर्णाली प्रदेशकाे जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, डोल्पा र आसपासका जिल्ला भएर बहने स-साना नदी जलाधारमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव (Flash Flood) हुन सक्ने पूर्वानुमान महाशाखाकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here