डेनमार्क युरोकपको क्वाटरफाइनलमा, वेल्स बाहिरियो

काठमाडौं, १३ असार । डेनमार्क युरोकपको क्वाटरफाइनलमा पुगेको छ । शनिबार भएको नक आउटको पहिलो खेलमा वेल्सलाई ४-० गोलको फराकिलो नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ ।

डेनमार्कको जितमा कास्पेर डोलबेर्गले गरेका थिए । डेलबर्गले खेलको २७औ मिनेट र ४८ औ मिनेटमा गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाएका थिए ।

डेनमार्कका लागि तेस्रो गोल खेलको ८८औ मिनेटमा जोआकिम माएलेले गरेका थिए । त्यस्तै खेलको ९४औ मिनेटमा डेनमार्कका लागि चौथो गोल मार्टिन ब्रेथवेटले गरेका थिए ।

योसँगै वेल्स युरोकपबाट बाहिरिएको छ । त्यस्तै यस खेलमा वेल्सका ह्यारी विल्सनले खेलको ९०औ मिनेटमा रातो कार्ड पाएका थिए ।

डेनमार्कले यस युरोकपमा शुरुका दुई खेलमा हार बेहोरेकोमा डेनमार्कले समुह चरणको अन्तिम खेलमा रसियालाई ४-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा छनौट भएको थियो ।

शानदार जितसँगै डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । पोर्चुगलमा भएको युरो २००४ पछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ को समूह चरणबाटै बाहिरिएको थियो ।

सन् १९९२ मा एक पटक युरो च्याम्पियन बनेको डेनमार्क समूह बीको तेस्रो स्थानमा रहँदै नकआउटमा आइपुगेको हो । अब क्वाटरफाइनलमा डेनमार्कले नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here