इटाली युरोकपको क्वाटरफाइनलमा, अपराजित यात्राको कीर्तिमान

काठमाडौं, १३ असार । इटली युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

इटाली र अस्ट्रियाबीच निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिए पछि ३० मिनेटको अतिरिक्त समय खेलाइएको खेलमा ३ गोल भएको थियो ।

इटालीका लागि खेलको ९५औ मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको १०५औ मिनेटमा इटालीका माटेओपेसिनाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

तर अस्ट्रियाले खेलमा कमब्याकको प्रायस गर्दै खेलको ११४ औ मिनेटमा सासा कालाजजीकको गोल फर्काउदै २-१ को अवस्थामा पुर्याएको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल इटालीले २-१ ले जितेको थियो ।

यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here