तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, यी नदी आसपासमा उच्च जोखिम

काठमाडौं,१३ असार । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।

मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वर्षाको कारण कन्काई, कोशी र कमला जलाधारका केहि स–साना सहायक नदीमा क्षणिक मध्यमरभारी बर्षा भई बहाब बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, कोशी र कमला जलाधारका केही स–साना नदीमा आकस्मिक बहाब हुन सक्ने भन्दै महाशाखाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

सोमबार र मंगलबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘प्रदेश नं १, वाग्मती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रानको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

असार १३ गते आईतबार

दिउँसोस् देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

रातिस् देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

असार १४ गते सोमबार

दिउँसोस् देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र वाग्मती प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिस् देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

२०७८ असार १५ गते मंगलबार

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातिस् देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here