युरो कप : आज पोर्चुगल र बेल्जियम भिड्दै, नेदरल्यान्ड्स पनि प्रतिस्पर्धामा

काठमाडौं । युरो कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छन् । नकआउट चरणअन्तर्गत आज चार वटा राष्ट्रले क्वार्टरफाइनलमा स्थान बनाउन एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन् ।

आज हुने खेलमा साविकको विजेता पोर्चुगलले फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्यिमसँग खेल्दै छ । स्पेनको सेभिल्लामा हुने यो खेल नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

यस खेलमा दुवै टिम क्वार्टरफाइनल पुग्ने दाउमा छन् । बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने पोर्चुगल ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’ को तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।

बेल्जियम र पोर्चुगलले ठूला प्रतियोगितामा पहिलो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन् । यसअघिको पाँच खेलमध्ये पोर्चुगलले तीन जित निकालेको छ । यस्तै, पोर्चुगल र बेल्जियमबीचका दुई खेल बराबरीमा सकिएको छ ।

पोर्चुगल र बेल्जियमबीचको खेलअघि नेदरल्यान्ड्स र चेक रिपब्लिकले खेल्ने छन् । राति ९ः४५ बजे हुने उक्त खेल हंगेरीको पुस्कास एरिनामा हुनेछ ।

नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो भने चेक रिपब्लिकले समूह ‘डी’ को तेस्रो स्थानमा रहँदै नकआउट चरणमा स्थान बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here