कारोबारको दुई घण्टा: दोहोरो अंकले बढ्यो नेप्से, साढे ३ अर्बको कारोबार

काठमाडौं, १३ असार । साताको कारोबारको पहिलोदिन शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार दुई घण्टा १ बजे सम्ममा नेप्से १४.५६ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार यो सँगै परिसूचक २८५७.५६ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २२१ कम्पनीको ७८लाख ६ हजार ४३९ कित्ता शेयर ३९ हजार १७१ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ४० करोड ९९ लाख ८६ हजार ३७९ रुपैंया बराबरको कारोबार भएको छ । कारोबारमा आएको दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here