युवराज कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १३ असार । सर्वोच्च अदालतले सरकारले बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीशद्धय सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको इजलासले राजदूतको योग्यतासम्बन्धी परेको रिट निवेदनमा स्नातक नगरेको व्यक्तिलाई राजदूत नियुक्त नगर्न अन्तरिम आदेश दिएको हो ।

मन्त्रिपरिषदले वैशाख २५ गतेको बैठकमा कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो। त्यसविरुद्ध अधिवक्ता दिपकविक्रम मिश्रले सर्वोच्च अदालतमा रिट दिएका थिए।

त्यही रिटमाथि सुनुवाइ गर्दै मल्ल र ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म राजदुत नियुक्तिको निर्णय कार्यान्वयन नगर्ननगराउन अन्तरिम आदेश जारी गरेको हो।

पछिल्लो समय आफ्नै निर्णयका कारण कामचालाउ प्रधानमन्त्री केपी ओलीलाई एकपछि अर्को झड्का लाग्ने क्रम जारी छ। आइतबार उनलाई फेरि अर्को झड्का लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here