पोर्चुगललाई हराउँदै बेल्जियम युरो कपको क्‍वार्टरफाइनलमा

काठमाडौं, १४ असार । साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

खेलमा बेल्जियमका लागि थ्रोगन हाजार्डले ४२औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा थोमस मिनुएरको पासमा हाजार्डले गरेको गोलसँगै बेल्जियमले अग्रता लिएको थियो ।

जितसँगै क्‍वार्टरफाइनलमा पुगेको बेल्जियमले ३ जुलाईमा इटालीसँग खेल्ने छ । अस्ट्रियालाई हराउँदै इटली यसअघि नै अन्तिम आठमा पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here