झिनो अंकले बढ्यो नेप्से, ७ अर्ब ७२ करोडको कारोबार

काठमाडौं, १४ असार । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारके दोस्रोदिन नेप्से ५.६ अकले बढेर २८७५.४५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको ७ अर्ब ७२ करोड ५५ लाख ९४ हजार ९६५ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर किनबेच भएका छन् ।

बुधबार कारोबारमा आएका १३ समूह मध्ये ६ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ७ वटाको परिसूचक घटेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीमा सिभिल लघुवित्त वित्तिय संस्था र सबैको लघुवित्त वित्तिय संस्था रहेका छन् । जसको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।

त्यसैगरि, आज बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशीको कारोबार भएको छ । यस कम्पनीको आज ६६ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here