स्मरण शक्ति घट्ने जोखिम कम गर्न स्याउ !

काठमाडौं । स्याउको नियमित सेवनले स्मरण शक्तिमा हुने ह्रासबाट रोक्ने एक अध्ययनले देखाएको छ ।

जर्मन सेन्टर फर न्यूरोडिजेनेरेटिव डिजिजका वैज्ञानिकहरूले गरेको अध्ययनले स्याउमा हुने दुई प्राकृतिक तत्वले अल्जाइमर र डिमेन्सियाको विकासको जोखिम कम गर्नसक्ने देखाएको हो । स्याउको बोक्रामा क्वेरेसेटिन र स्याउमा डायहाइड्रोक्सी बोजोइक एसिड (डिएचबिए) नामक दुई यौगिक पाइन्छ ।

यी तत्वले न्यूरोजेनेसिस भनिने प्रक्रियामा न्यूरोन्सको सिर्जनालाई उत्प्रेरित गर्छ । न्यूरोन्स अत्यधिक उत्साहजनक कोशिका हुन् जसले शरीरको भागमा विद्युतीय सङ्केतको माध्यमबाट जानकारी प्रसारित गर्छन् । र, यसले मेमोरी क्षमता घट्ने जोखिमलाई कम गरेर नयाँ कुरा सिक्ने क्षमतालाई बढाउन मद्दत गर्छ ।

प्रयोगशाला परीक्षणमा मुसाको दिमागमा न्युरोन उत्पादन भएको र कोषहरूमा हुने क्षतिलाई कम गर्न सकिने देखाएको थियो । तर, स्याउको रसले भने न्यूरोजेनेसिसमा उल्लेखनीय योगदान पुर्‍याउन सकेन । त्यसैले, एक गिलास स्याउको रसभन्दा पनि बोक्रासहितको स्याउ खानु फाइदाजनक हुने अध्ययनमा उल्लेख छ ।

स्याउका यसबाहेक धेरै फाइदा छन् । स्याउको नियमित सेवनले मुटु तथा फोक्सोलाई स्वास्थ्य राख्ने, दिमागको क्षमता बढाउने, तौल घटाउन सहयोग गर्ने तथा क्यान्सरको जोखिमलाई पनि कम गर्नसक्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here