कोपा अमेरिका : अर्जेन्टिना र बोलिभिया भिड्दै

दक्षिण अमेरिकी फुटलब प्रतियोगितामा मङ्गबार बिहान दुई खेल हुँदै छन् । दुवै खेल भोलि बिहान ५ः४५ बजे हुने छन् ।

अर्जेन्टिनाले बोलिभियासँग खल्दै छ । ब्राजिलको सियबामा हुने उक्त खेलमा अर्जेन्टिना अपराजित यात्रा कायमै राख्ने दाउमा छ । यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको अर्जेन्टिनाले समूह चरणका तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको छ ।

समूह ‘ए’मा सात अङ्कसहित अर्जेन्टिना शीर्ष स्थानमा छ भने अङ्कविहीन बोलिभिया पाँचौँ स्थानमा छ ।

यस्तै, सोही समय उरुग्वेले पराग्वेसँग ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा खेल्दै छ । यस खेलमा उरुग्वे र पराग्वे एकअर्कामाथि जित दर्ता गर्दै क्वार्टरफाइनलमा स्थान बनाउने दाउमा हुनेछन् ।

उरुग्वे चार अङ्कका साथ चौथो स्थानमा हुँदा ६ अङ्क भएको पराग्वे दोस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here