फ्रान्सलाई पेनाल्टीमा हराउँदै स्वीट्जरल्यान्ड क्‍वार्टरफाइनलमा

काठमाडौं १५ असार । फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

गएराति रोमानियामा भएको खेलमा साविक उपविजेता फ्रान्सलाई हराउँदै फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा रोकिएको थियो । भने ३० मिनेटको अतिरिक्त समयमा बाँकी गोल हुन नसक्दा नतिजा पेनाल्टी सुटआउट मार्फत् गरिएको थियो ।

फ्रान्सका लागि करिम बेन्जिमाले दुई तथा पौल पोग्बाले एक गोल गरेका थिए भने स्वीटजरल्यान्डका लागि ह्यारीस सेफेरोभिचले दुई तथा मारियो गाभ्रानोभिचले एक गोल गरेका थिए ।

योसँगै स्विट्जरल्यान्ड क्वार्टर फाइनलमा पुगेको छ भने विश्व विजेता फ्रान्स भने अन्तिम १६ बाट बाहिरिएको छ ।

अब स्विट्जरल्यान्डले क्वार्टर फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डले समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here