कोपा अमेरिका: बोलिभियामाथि अर्जेन्टिनाको सहज जित, मेसीले गरे दुई गोल

काठमाडौं, १५ असार । कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा कप्तान लियोनेल मेसीको दुई गोलप्रेरित अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले दुई गोल गरे भने अलेजान्द्रो गोमेज र लाउतारो गोमेजले एक एक गोल गरेका थिए ।

त्यस्तै बोलिभियाका लागि एरविन साभेड्राले एक गोल गरेका थिए । एरिना पन्तनालमा भएको खेलको छैठौं मिनेटमा अलेजान्ड्रो गोमेजले गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो ।

बोलिभियामाथि निरन्तर आक्रमण गरेको अर्जेन्टिनाका लागि ३३औं मिनेटमा पेनाल्टीमार्फत् र ४२औं मिनेटमा ओपन प्लेमा कप्तान मेसीले गोल गरेका थिए ।

पहिलो हाफमा ३-० ले पछि परेको बोलिभियाका लागि एर्विन साभेड्राले ६०औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसको पाँच मिनेट नबित्दै अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले चौथो गोल गरे ।

जितसँगै समूह विजेता बनेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्‍वेडरको सामना गर्नेछ । त्यस्तै उरुग्वेले कोलम्बियासँग खेल्ने छ ।

समुह ए बाट अर्जेन्टिना ४ खेलमा १० अंकसहित पहिलो हुदै क्वाटरफाइनलमा पुगेको छ भने उरुग्वे ७ अंकसहित दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तौ पराग्वे ६ अंक सहित तेस्रो र चिली ५ अंकसहित चौथो हुँदै क्वाटरफाइनलमा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here