राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन, कति छ नयाँ मूल्य ?

काठमाडौं, १५ असार । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीको ३६.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ८२१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ११२० रुपैयाँ थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असार १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । असार १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले असार २९ गते, आफ्नो केन्द्रिय कार्यालय, त्रिपुरेश्वरमा सो सभा डोकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ भने सभामा सहभागिताको लागि जुम आईडी र पासवर्ड उपलब्ध गराइने कम्पनीले बताएको छ।

सभाले चुक्ता पूँजीको ३६.५ प्रतिशत (कर बाहेक) बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here