अर्जेन्टिनाका लागि मेस्सीको कीर्तिमानी

काठमाडौं, १५ असार । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले देशका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन्।

कोपा अमेरिकाको समूहको अन्तिम खेलमा बोलिभियालाई ४–१ ले पराजित गरेको खेलमा कप्तान लिओनल मेस्सीले कीर्तिमान दुई गोल गरेका हुन् ।

यो खेलमा मेस्सीले सर्वाधिक खेल खेल्ने जाभियर मास्चेरानोको कीर्तिमान भंग गर्दै आफ्नो नाममा कीर्तिमान लेखाएका हुन्।

३४ वर्षीय मेस्सीले अर्जेन्टिाका लागि १४८ खेल खेलेका छन्। गत साता मेस्सीले सर्वाधिक १४७ खेल खेल्ने मास्चेरानोको कीर्तिमान बराबरी गरेका थिए।

सन् २००५ मा हंगेरीविरुद्ध खेल्दै डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक ७५ गोल समेत गरेका छन् । यसअघि उनले ज्याभिएर मास्केरानोसँगै सर्वाधिक खेल खेल्ने कीर्तिमान बराबरी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here