नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा दीर्घराज मैनाली

काठमाडौं, १५ असार । नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् ।

सरकारले तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि रिक्त रहेको पदमा मैनालीलाई नियुक्त गरेको छ । उनले आजै कार्यभाल सम्हालेका छन ।

नेप्सेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले गर्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here