थप २६३६ जनामा कोरोना संक्रमण पुष्टी, ४३४८ जना संक्रमणमुक्त

काठमाडौं, १५ असार । पछिल्लो २४ घण्टामा देशभर २६३६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७२५९ पीसीआर परीक्षणमा १७२८ र ४४८९ जनाको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २६३६ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३६ हजार ९१६पुगेको छ । पछिल्लो २४ घण्टामा ४३४८ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५३५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here