युरोकप : जर्मनीलाई हराउँदै इङल्याण्ड क्‍वार्टरफाइनलमा

काठमाडौं, १६ असार । इङल्याण्ड युरोकप अन्तर्गत क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा जर्मनीलाई २-० गोल अन्तरले परजित गर्दै इङल्याण्ड क्वाटरफाइनलमा पुगेको हो ।

इङ्ल्यान्डलाई जित दिलाउन राहिम स्टर्लिङ र कप्तान ह्यारी केनले १/१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम १५ मिनेटमा दुई गोल गर्दै इङल्याण्डले अन्तिम ८ स्थान सुरक्षित गर्‍यो ।

पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा खेलको ७५औ मिनेटमा स्टरलिङले गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए भने केनले खेलको ८६औ मिनेटमा गोल गर्दै इङल्याण्डको अग्रता दोब्बर पारेका थिए ।

यो हारपछि जर्मनी युरोकपबाट बाहिरिएको छ । त्यस्तै क्वाटरफाइनलमा पुगेको इङल्याण्डले अब युक्रेनको सामना गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here