जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क ?

काठमाडौं, १६ असार । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् ।

नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

चालू आर्थिक वर्षको ११ महिनासम्ममा जीवन बीमा कम्पनीले १ खर्ब २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ ।

नेपाल लाइफले २७ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

राष्ट्रिय बीमा संस्थानले ७ अर्ब २६ करोड रुपैयाँ, यूनियन लाइफले ५ अर्ब ७० करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने ज्योति लाइफको २ अर्ब ६१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यस्तै, रिलायन्स लाइफले २ अर्ब १३ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ९ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ८६ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ६६ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब २१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

सूर्या लाइफले ३ अर्ब ६१ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब ३५ करोड रुपैयाँ, गुँरास लाइफले ३ अर्ब १७ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here