लिची खानुका यस्ता छन् अचम्मका ६ फाइदा

काठमाडौं । मौसमी फलफूल लिची भिटामिन सी तथा पोटाशियमको महत्वपूर्ण स्रोत हो ।

यसमा आइरन, क्याल्सियम, फसफोरस जस्ता तत्व प्रशस्त पाइन्छ । लिची स्वादिष्टका साथै स्वास्थ्यबर्धक पनि हुन्छ । लिची खानाले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ । लिचीमा ६५ प्रतिशत क्यालोरी हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ ।

लिचीका फाइदाहरु यसप्रकार छन् :

१. लिचीमा प्रशस्त मात्रामा मिनरल्स, क्याल्शियम, फस्फोरस, म्याग्नेशियम हुन्छ जुन शरीरको बिकासका लागि फाइदाजनक हुन्छ ।

२. लिचीमा भिटामिन सी तत्व हुन्छ जसले त्वचामा चमक ल्याउनुका साथै शरीरमा रोगप्रतिरोधात्क क्षमता बढाउछ र पाचन शक्तिलाई मजबुत बनाउन मद्दत गर्छ ।

३. लिचीको सेवनले शरीरमा रगतलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ ।

४. लिचीको सेवनले महिलाहरुमा हुने स्तन क्यान्सर रोग लाग्नबाट जोगाउँछ ।

५. लिचीको सेवन गर्नाले ब्लडप्रेशर कन्ट्रोल गर्न मद्दत गर्छ ।

६. लिची सेवनले भोक जगाउँछ, मानसिक कमजोरी हटाउनुका साथै स्मरण शक्ति वृद्धि गर्न मद्दत गर्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here