आईसीसी टी-२० क्रिकेट : सन्दीप ७६औँ स्थानमा, कुशल र ज्ञानेन्द्र बरियता सुधार

काठमाडौं, १६ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० क्रिकेटको नयाँ बरियता जारी गरेको छ । नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भूर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ ।

भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए । बरियतामा परेका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने छन् ।

पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा परेका छन् । यस्तै लामिछाने ७६औँ स्थानमा छन् । नयाँ बरियता अनुसार टी–२० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here