राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

काठमाडौं, १७ असार । नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपको लागि विहीबारबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण एक साताको लागि स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही प्राविधिक कारण बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको हो । बन्द प्रशिक्षण आगामी जुलाई ७ तारिखदेखि सुरु हुने जनाइएको छ।

बन्द प्रशिक्षणका लागि ५० जना खेलाडीहरुलाई डाकिएको छ। प्रशिक्षण सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा २ सिफ्ट गरेर संचालन गरिने लक्ष्य राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here