मेसीको बार्सिलोनामा सम्झौता सकियो, पहिलो पटक सम्झौताविहीन

काठमाडौं, १७ असार । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीको सम्झौता बुधबार रातिबाट सकिएको छ।

सम्झौता सकिएसँगै अब उनी फ्री एजेन्ट बनेका छन्। फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने छन्। सन २००० पछि पहिलो पटक बार्सिलोनामा मेसी सम्झौताविहीन भएका छन्।

विगत केही महिना देखिनै बार्सिलोना र मेसीबीच पटक-पटक सम्झौताका विषयमा कुरा भएपनि फाइनल हुन सकेको छैन्।

मेसीलाई म्यानचेस्टर सिटी, पिएसजीले जस्तोसुकै मुल्य खर्च गर्न तयार रहँदा बार्सिलोना भने उनको सम्झौता रिन्यू गर्न असफल भइरहेको छ।

यसअघि सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए।

जसका लागि उनले बोर्डलाई फ्याक्स गर्दै आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए। यद्यपि सेप्टेम्बर महिनामा रिलिज क्लज धेरै भएको कारण बार्सिलोनामै रहने जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here