निर्जीवन बीमा कम्पनीले आर्जन गरे २६ अर्ब ५२ करोड बीमा शुल्क, कुन कम्पनीको कति ?

काठमाडौं, १७ असार । निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिको तथ्यांक अनुसार यस अवधिमा २० निर्जीवन बीमा कम्पनीमध्ये धेरै शिखर इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क आर्जन गरेको छ ।

शिखरले जेठ मसान्तसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले २ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्सले ५६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । एक अर्बभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा ओरियण्टल इन्योरेन्सले ९५ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८९ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ९४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ७९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५९ करोड रुपैयाँ रहेको छ ।

नेको इन्स्योरेन्स २ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा समितिका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब २३ करोड,प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here