आपको सिजन : आँप खाएपछि भुलेर पनि नखानुस यी खानेकुरा

काठमाडौं । गर्मी महिनालाई आँपको मौसमको रुपमा पनि चिनिन्छ । स्वादिलो र रसीलो हुने भएकाले आँप प्राय सबै उमेरका मानिसहरुलाई मन पर्छ ।

धेरैले मनपराउने भएकाले यसलाई फलफुलको राजा पनि भनिन्छ । आँपको सेवन हाम्रो स्वास्थ्यको लागि पनि फाइदाकारी हुन्छ ।

यसमा हाम्रो शरीरलाई फाइदा गर्ने विभिन्न प्रकारका पौष्टिक तत्वहरु हुन्छन् । यस फलमा विशेषगरी प्रोटिन, भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ ।

तर, आँप खाँदा पनि हामीले ध्यान दिनुपर्छ । मिठो भयो भन्दैमा एकैपटक धेरै आँप खानुहुँदैन ।

त्यस्तै केहि यस्ता खानेकुरा छन् जसलाई आँप खाएपछि खानु हुँदैन । आँप खाएर ती खानेकुरा खाँदा स्वास्थ्यमा समस्या निम्तन सक्छ ।

आउनुहोस्, थाहा पाइराखौं आँप खाएपछि कुन कुन खानेकुरा खानु हुँदैनः

करेला

आँप खाएको ३्४ घण्टा सम्म करेला खानु हुँदैन् ।

आँप गुलियो हुन्छ भने करेलाको स्वाद तितो हुन्छ । यस्तो अवस्थामा यी दुवै खानेकुरा एकैसाथ खाएमा हाम्रो शरीरमा रियाक्सन पैदा हुन्छ ।

आँप र करेला एकसाथ खाएमा दुवैको मिश्रणबाट हाम्रो शरीरमा एक प्रकारको विष उत्पादन हुन्छ । जुन हाम्रो शरीरमा फैलन्छ र उल्टी हुने गर्छ ।

खुर्सानी

यदी तपाईं आँप खाएको समयमा खुर्सानी पनि खानु हुन्छ भने त्यो तपाईंको स्वास्थ्यको लागि हानीकारक साबित हुन सक्छ ।

आँप खाएको केही समयमा खुर्सानी खाएमा पेटमा एक प्रकारको एसिड पैदा हुन्छ र पेट पोल्नुका साथै अन्य प्रकारका समस्याहरु पनि हुन्छ ।

दही

आँप खाएको २ देखि ३ घण्टासम्म दही खानु हुँदैन् । यदी खाएमा विभिन्न प्रकारको रियाक्सन पैदा हुन्छ र स्वास्थ्यमा समस्या निम्तन्छ ।

यस्तो अवस्थामा नखानुस आँप

– आँपमा धेरै मात्रामा फाइबर हुने गर्दछ । त्यकारण धेरै आँप खाएमा डायरिया हुने सम्भावना धेरै हुन्छ ।
– आँपमा सुगर पनि धेरै हुने कारण खालीपेट सामान्य भन्दा धेरै मात्रामा आँप खाएमा मोटोपनाको पनि समस्या हुने गर्दछ ।
– पेट सम्बन्धि समस्या भएका मानिसहरुले धेरै आँप खानु हुँदैन् । खासगरी डायबिटिजको बिरामीले खानु हुदैन ।
– धेरै आँप खाएमा ग्याष्ट्राइटिसको समस्या पनि हुने गर्दछ ।
– त्यस्तै एकैपटक धेरै आँप खाएमा शरीरमा क्यालोरीको मात्रा पनि बढ्ने गर्दछ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here