हाम्रो टिम नेपालमाथीको आक्रमणप्रति मेचीमहाकाली संस्थाको भर्त्सना

काठमाडौं,१७ असार । हाम्रो टिम नेपालका सामाजिक अभियानकर्ताहरु माथि महानगर प्रहरीले सांघातीक आक्रमण गरी घाइते बनाएकोमा मेचीमहाकाली सामाजिक संस्थाले घटनाको भर्त्सना गरेको छ ।

लकडाउनका बेलामा रोजगारी गुमाएका तथा भोका पेट भएकालाई स्वच्छ मनले खाना खुवाउने यस्तो संस्थामाथी हमला भएकोले संस्थाले भर्त्सना गरेको अध्यक्ष नारायण त्रिपाठीले बताए । कोरोना भाइरसका कारण देशमा लकडाउन शुरु भएदेखि नै सस्थाले भोका पेटलाई खाना खुवाउदै आएको छ ।

हाम्रो टिम नेपाल माथि प्रसाशनिक हमला हुनुभनेको सम्पूर्ण सामाजिक अभियान र अभियानकर्मीहरु माथि हमला हुनु भएको संस्थाको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मेची महाकाली संस्थाले सम्पूर्ण घाइते अभियन्ताहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । साथै हाम्रो टिक नेपाललाई सँधै अगाडी बढ्नका लागि प्रोत्साहन गर्दै सधै साथ र सहयोग गर्ने संस्थाका महासचिव विष्णुप्रसाद पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here