दोहोरो अंकले बढ्यो शेयर बजार, ४ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, १७ असार । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले बढेको छ । विहिबार नेप्से परिसूचक १९.१२ अंकले बढेर २८४३ बिन्दुमा पुगेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा ०.६८ प्रतिशत बढी हो ।

बुधबारको तुलनामा आज कारोबार रकममा पनि वृद्धि भएको भएको छ । आज २ सय २४ कम्पनीको ३ करोड २८ लाख ३८ ९ सय ९३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७७ लाख रुपैयाँको कारोबार भयो ।

विहिबार ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा ओरन्टियल होटल, गुडवेल फाइनान्स, ग्रिन विकास बैंक र सिन्धु विकास बैंक रहेको छ । ओरन्टियल होटलको ९.९७ प्रतिशत, गुडवेल फाइनान्सको ९.३३ प्रतिशत, ग्रिन विकास बैंकको ९.३२ प्रतिशत र सिन्धु विकास बैंकको ९.१४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा कुमारी इक्युटी फन्डाका शेयर धनी छन् । कमपनीको शेयर मूल्य ३.३३ प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै कारोबार नेको इन्स्योरेन्स कम्पनीले गर्यो । कम्पनीले ३० करोड ७२ लाखको कारोबार गर्यो । त्यस्तै, ज्योति विकास बैंकले १८ करोड ७० लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here