शुक्रबारदेखि सबै सवारी सञ्चालन गर्ने निर्णयबाट पछि हटे यातायात व्यवसायी

काठमाडौं, १७ असार । शुक्रबारदेखि देशव्यापी रूपमा सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका यातायात व्यवसायी आफ्नै निर्णयबाट पछि हटेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा बिहीबार स्वास्थ्य मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधी नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनका प्रतिनिधिसहितको बैठकमा २१ गतेसम्म कुर्ने सहमति भएको छ ।

१४ असारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले २५ सिटभन्दा बढी सिट क्षमताका सवारी साधन मात्रै सञ्चालन अनुमति दिएपछि नेपाल यातायात राष्ट्रिय महासंघ र तीनवटा ट्रेड युनियनले विज्ञप्ति जारी गरि सवारी साधनसम्बन्धी निर्णय खारेज गर्न र खारेज नभए स्वतस्फुर्त रूपमा १८ असारदेखि देशव्यापी रूपमा सबै सवारी साधन सञ्चालन गर्ने चेतावनी दिएका थिए ।

सोही विषयमा बिहीबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पराजुलीले २१ असारसम्म निषेधाज्ञा नै जारी रहेको र त्यससम्बन्धी निर्णय गर्नका लागि सीसीएमसी, मातहततका निकाय, स्वास्थयमन्त्रालय तथा जिल्ला स्तरमा पनि समन्वयन गर्नुपर्ने भन्दै निर्णयका लागि ४ दिनको समय मागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here