थप २२९९ जनामा कोरोना संक्रमण पुष्टी, ३४५१ जना संक्रमणमुक्त

काठमाडौं, १८ असार । पछिल्लो २४ घण्टामा देशभर २२९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५६६ पीसीआर परीक्षणमा १३९१ र ४०३० जनाको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २२९९ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३४५१ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३ हजार ६ सय जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २९ हजार २७४ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here