साताको शेयर बजार: ३४ अर्ब १६ करोडको कारोबार हुँदा रोजाइमा ‘पुनर्बीमा’

काठमाडौं, १८ असार । धितोपत्र बजारमा यस साता ३४ अर्ब बढीको कारोबार भएको छ । यो साता २२७ वटा कम्पनीको ३ लाख ७७ हजार ६ सय २५ पटकको कारोबारमा १० करोड ३३ लाख ८८ हजार ६६६ कित्ता शेयर-खरिद बिक्री भएको छ ।

कुल कारोबार रकम ३४ अर्ब १६ करोड ५६ लाख ३४ हजार २३२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा निकै कम हो ।

गतसाता ४९ अर्ब १२ करोड १० लाख ९ हजार ३४१ रुपैयाँको कारोबार भएको थियो भने १० करोड २२ लाख ६५ हजार ५४१ कित्ता शेयर(खरिद बिक्री भएको शेयर-खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदी परेका छन् ।

यसैगरी शेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाईड्रोपावर कम्पनी, हिमाल दोलखा कम्पनी, अरुण कावेली पावर लिमिटेड आदी परेका छन ।

पुँजीकरणका आधारमा भने यो साता टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको परेका छन् ।
यो साता नेप्से २८४३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ५२८.७१ अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here