बेल्जियमलाई हराउँदै इटाली युरोकपको सेमिफाइनलमा

काठमाडौं, १९ असार । विश्व बरियताको शीर्ष स्थानको बेल्जियमलाई हराउँदै इटाली युरोकपको सेमिफाइनलमा पुगेको छ ।

गएराती बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली युरोकपको सेमिफाइनलमा पुगेको हो ।

इटालीको जितमा मिकोलो बारेला र लेरेन्जो इनसाइनले एक एक गोल गरेका थिए ।

निकोलो बेरेलाले ३१औं मिनेटमा गरेको गोलसँगै इटालीले अग्रता लिएको थियो । मार्को भेराटीले दिएको पासलाई ६ यार्ड बक्स नजिकबाट प्रहार गर्दै बेरेलाले इटालीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा लोरेन्जो इन्सिग्नेले गरेको गोलसँगै इटालीले अग्रता दोब्बर पारेको थियो । इन्सिग्नेले करिब मैदानको आधा भाग दौडाएर पेनाल्टी एरिया बाहिरबाट प्रहार गर्दै सुन्दर गोल गरेका थिए ।

जितसँगै सेमिफाइनलमा पुगेको इटालीले बुधबार वेम्ब्ली स्टेडियममा स्पेनसँग खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here