ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं, १९ असार । चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको क्वार्टर फाइनल खेलमा चिलीलाई १० हराउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो ।

ब्राजिलका लुकास पाक्केटाले खेलको ४६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । दोस्रो हाफको सुरुमै गाव्रियल जेससले रातो कार्ड पाएपछि ब्राजिलले १० खेलाडीमा सिमित भएको थियो ।

सेमिफाइनलमा ब्राजिलले पेरुसँग खेल्नेछ । आजै विहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले पराजित गरी पेरुले अन्तिम चारमा स्थान बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here