कोपा अमेरिका : उपाधि दाबेदार अर्जेन्टिना र इक्वेडर भिड्दै, उरुग्वे पनि प्रतिस्पर्धामा

काठमाडौं । कोपा अमेरिका फुटबल अन्र्तगत आज क्वाटरफाइनलका दुई खेल हुँदै छन् । आइतबार बिहान पहिलो खेलमा उरुग्वेसँग कोलम्बिया र दोस्रो खेलमा अर्जेन्टिनासँग इक्वेडर भिड्दै छन् ।

उरुग्वे र कोलम्बियाबीचको खेल आइतबार बिहान ३:४५ मा सुरू हुनेछ । उपाधि दाबेदार मानिएको अर्जेन्टिना अन्तिम चारको यात्राका लागि आइतबार बिहान ६:४५ बजे इक्वेडर विरूद्ध मैदान उत्रदैछ ।

शनिबार बिहान भएको पहिलो क्वाटर फाइनल खेलमा पराग्वेमाथि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै पेरु र दोस्रो खेलमा चिलीमाथि जित निकाल्दै ब्राजिल अन्तिम चारमा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here