शरीरमा क्याल्सियमको कमी त छैन् ? हुनसक्छ यस्तो समस्या

काठमाडौं । आवश्यक मात्रामा क्याल्सियम नपुगेमा मानव शरीरमा विभिन्न असर देखापर्न सक्छन् । जसको कारण हड्डीसम्बन्धी विभिन्न रोग देखापर्ने गर्छन् । हाडजोर्नीलाई मजबुत बनाउन तथा मुटु स्वस्थ राख्नसमेत मानव शरीरमा क्याल्सियमको आवश्यकता हुन्छ ।

यसका साथै क्याल्सियमको कमीले सम्पूर्ण मानसिक विकासमा समस्या आउन सक्छ ।

भिटामिन डी र क्याल्सियमको एक–आपसमा अन्तरसम्बन्धित छन् । त्यसैले भिटामिन डी र क्याल्सियम सँगसँगै हुनु आवश्यक छ । क्याल्सियमको मात्रा कम भएमा बच्चाको वृद्धि विकास कम हुने गर्छ ।

ठूलो भएपछि क्याल्सियमको मात्रा कम भएका ओस्टेमालासिया नामक रोग देखापर्ने गर्छ । साथै, क्याल्सियमको मात्रा शरीरमा कम भएका मानिसमा समकक्षीको तुलनामा छोटो समयमै थकित हुनेजस्ता समस्या देखापर्छन् ।

शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने ?

दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै भर पर्नुपर्छ भन्ने पनि छैन । क्याल्सियम प्राप्त गर्न यी खाद्य उपयोगी हुन्छन् स्

तिल

अचारमा प्रयोग हुने तिल शक्तिवद्र्धक खाद्य सामग्री हो । यसमा क्याल्सियमको मात्रा प्रशस्त हुन्छ । एक औँस तिलमा २ सय ७७ मिलिग्राम क्याल्सियम पाइन्छ ।

टुसा पलाएको भटमास

हामी भटमास उसिनेर, भुटेर खान्छौँ । विभिन्न सांस्कृतिक पर्वमा भटमास टुसा आउने गरी भिजाएर दाल बनाएर खाने चलन छ । यसरी टुसा आएको भटमासमा पनि प्रशस्त क्याल्सियम पाइन्छ । आधा कप टुसा पलाएको भटमासमा दुई सय ३० मिलिग्राम क्याल्सियम हुन्छ ।

सेल्मन माछा

हामी सबैलाई थाहा छ, माछामा क्याल्सियम हुन्छ । तर, सेल्मन जातको माछामा अन्यभन्दा बढी क्याल्सियम हुन्छ । एउटा सेल्मन माछामा दुई सय १२ मिलिग्राम क्याल्सियम पाइन्छ ।

काँक्रो

बन्दाकोबी स् हरियो काँक्रो, बन्दाकोबी पनि क्याल्सियम बढी हुने तरकारी हो । यसलाई सब्जीको रूपमा भन्दा जुस बनाएर खाँदा बढी क्याल्सियम पाइने चिकित्सकहरू बताउँछन् । एक कप झोल बनाएर पिउँदा एक सय ८८ मिलिग्राम क्याल्सियम पाइन्छ ।

बदाम

मानिसलाई शक्ति दिने खाद्यवस्तुमध्ये बदाम पनि एक हो । यसमा मिनरल र क्याल्सियम दुवै उच्च मात्रामा पाइन्छ । एक मुठी बदाममा ७२ मिलिग्राम क्याल्सियम पाइन्छ ।

क्याल्सियमको कमीका कारण लाग्ने रोग

१. उच्च रक्तचाप

२. कोलोन क्यान्सर

३. स्तन क्यान्सर

४. मेटाबोलिक सिण्ड्रोम

५. प्रिमेनुष्ट्रल सिण्ड्रोम

मानिसलाई दैनिक कति क्याल्सियम चाहिन्छ ?

वयस्क : १ हजार मिलिग्राम दैनिक

किशोर, ५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुष : १३ सय मिलिग्राम दैनिक

एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चा : ५ सय देखि ८ सय मिलिग्राम दैनिक

क्याल्सियम पाइने मुख्य खाद्यपदार्थ

दूध स् क्याल्सियम पाइने मुख्य पदार्थ दूध हो । विशेषगरी गाइको दूधमा बढी क्याल्सियम पाइन्छ । चिल्लोरहित दुधले मानिसलाई आवश्यक पर्ने ३० प्रतिशत क्याल्सियम दुधले पूर्ति गर्छ ।

दहि

दहि दुधभन्दा पनि सजिलै पच्छ । २२५ग्राम दुधमा भन्दा त्यतिनै मात्राको दहीमा बढी क्याल्सियम पाइन्छ । सादा दहीमा प्रोटिन पनि हुन्छ ।

१. तरकारी तथा हरिया सागसब्जी

२. फलफूल तथा बदाम

३. सामुद्रिक खाद्यपदार्थ

४. सेरल्स

५. सोय तथा सोयजन्य उत्पादन(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here