इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा

काठमाडौं, २० असार । इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

रोममा भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलअन्तरले पराजित गरी इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

इङल्याण्डको जितमा ह्यारी केनले दुई गोल गरेका थिए भने जेम्स हेण्डरसन र माग्युरोले एक एक गोल गरेका थिए ।

अब इङल्याण्डले सेमिफाइनलमा डेनमार्कविरुद्ध खेल्ने छ । फाइनल प्रवेशका लागि उसले घरेलु मैदान वेम्बलीमा डेनमार्कसँग खेल्ने तय भएको छ ।

इंग्ल्याण्ड २५ वर्षपछि युरोको सेमिफाइनल पुगेको हो । गएराति नै भएको पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ ले हराएर डेनमार्क सेमिफाइनलमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here