काठमाडौं, २० असार । कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।
आइतबार बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो ।
उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कोलम्बिया अन्तिम चारमा पुगेको हो ।
निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।