मेसीको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं, २० असार । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा रोड्रीगो डी पाउल, र लाउतारो मार्टिनज मेसीले १ गोल गरे भने अरु दुई गोलका लागि पास उपलब्ध गराएका थिए ।

८४ औं मिनेटमा लौटारो मार्टिनेजले गरेको गोलमा मेसीले निस्वार्थ पास उपलब्ध गराएका थिए ।

जितसँगै अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने छ । अर्जेन्टिना र कोलम्बियाबीचको खेल बुधबार बिहान ६:४५ बजे हुने छ ।

त्यस्तै पहिलो सेमिफाइनलमा भने ब्राजिलले पेरुको सामना गर्ने छ । ब्राजिल र पेरुबीचको खेल नेपाली समय अनुसार मंगलबार बिहान ४:४५ बजे हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here