बाढीपहिरो प्रभावितको निजी आवास सरकारले बनाइदिने

काठमाडौं, २० असार । यस वर्षको बाढीमा फसेका २७८ जनालाई हवाई मार्फत उद्धार गरेको छ ।

गृहमन्त्री विष्णु प्रसाद पौडेलले आइतबार राष्ट्रिय सभाको बैठकमा मनसुनजन्य विपतका फसेको २७८ जनाको उद्धार गरिएको जनाकारी दिए ।

सिन्धुपाल्चोक, गोर्खा,मनाङका बाढीपिडतलाई हेलिकोप्टरबाट उद्धार गरिएको बताए । उनले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिए।

यस्तै ३६ सरकारी कार्यालय, ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताए।

मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको बताए । गत वर्षको पहिरो र बाढी प्रभावित १३ जिल्लाका रहेका बस्तीको स्थान्तरण गर्न सुरु भएको उनले जानकारी दिए ।

विभिन्न जिल्लाका उक्त परिवारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत २ करोड ८६ लाख बढी रकम दिने प्रक्रिया सुरु भएको बताए ।

गत वर्षको मनसुनबाट क्षति भएका विभिन्न जिल्लाका ३ हजार ९४९ परिवारलाई प्रति परिवार ५० हजारका दरले १९ करोड ९७ लाख अनुदान दिईएको बताए ।

यस वर्ष क्षति भएका ५७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासका लागिप्रति परिवार ५० हजार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

बागमती प्रदेश अन्तरगत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीको नेपालगन्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा रहेका मानवीय सहायत स्थलहरुमा खोज उद्धार तथा राहतका सामग्रीहरु भण्डारण गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here