शेयर बजारको ओरालो यात्रा कायमै, ५ अर्बको कारोबार

काठमाडौं, २० असार । साताको कारोबारको पहिलो नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० झिनो अंकले घटेको छ । आइतबार नेप्से ८.४८ अंकले घटेर २८३४.५२ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२४ कम्पनीको ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ३ वटामा बढेको छ भने अन्य १३ वटा राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले बढेको छ भने फाइनान्स र विकास बैंक समूह १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल १९ करोड र माथिल्लो तामाकोशी १६ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा १२ प्रतिशत गुडवील फाइनान्स डिभेञ्चर र ओरियण्टल होटल रहेका छ । गुडवील फाइनान्स डिभेञ्चरको शेयरमूल्य १० प्रतिशतले बढेको छ । ओरियण्टल होटलको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ ।

यस्तै, ओरेन्टल होटल ८.४७ प्रतिशत, सीईडीबी हाइड्रो ७.२५, कर्पोरेट डेभलपमेन्ट बैंक ६.१६, नेपाल फाइनान्स ४.०३, लिबर्टी इनर्जी, नेपाल टेलिकम, अपर तामाकोशी, हिमालयन डिस्ट्रीलरी र चन्द्रागिरी हिल्सको शेयर मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here