थप १६०३ जनामा कोरोना संक्रमण पुष्टी, २५५२ जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, २० असार । पछिल्लो २४ घण्टामा देशभर १६०३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४८७६ पीसीआर परीक्षणमा १०५२ र ३२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १६०३ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४४ हजार ६२२ पुगेको छ । पछिल्लो २४ घण्टामा २५५२ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९ हजार २१८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार १६७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here