उपत्यकामा जोरविजोर प्रणाली हट्यो, गोष्ठी, तालिम, सेमिनार गर्न पाइने

काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।

वैठकले उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाएको छ । अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सक्नेछन् ।

टेम्पो, नीलो माइक्रो नौ जना राखेर चलाउन पाइने, बीच भागमा प्लास्टिक हाल्नपर्नेछ । माइक्रोको तेस्रो सिटमा चार-चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन। २५ जनासम्मको गोष्ठी, तालिम, सेमिनार समेत गर्न पाइनेछ ।

विद्यालय, मठमन्दिर, पार्टी प्यालेस, सिनेमा हल, जिमखाना लगायतका क्षेत्र भने पहिलेकै नियम कायम राखिने निर्णय भएको छ ।

दोस्रो लहरको कोरोना महामारीको चेन ब्रेक गर्न भन्दै गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि सोमबार २१ गते राति १२ बजे सकिँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here