काठमाडौँ । कोपा अमेरिका र युरोपक अन्तर्गत क्वाटरफाइनलका खेलहरु सकिएरसंगै सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ ।
सेमिफाइनलमा ब्राजिल र पेरु तथा अर्जेन्टिना र कोलम्बिया खेल्ने भएका छन् ।
क्वाटरफाइनलका खेल सकिदा गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी सबैभन्दा आगाडी रहेका छन् ।
मेसीले ५ खेलमा ४ गोल गर्दै गोल्डेन बुटको दौडमा आफुलाई अगाडी राखेका छन् । मेसीले बोलिभियाविरुद्ध २, चिली तथा इक्वेडरविरुद्ध एक-एक गोल गरेका थिए ।
त्यस्तै यस सूचीमा अन्य ५ खेलाडीहरु २-२ गोल गरेर मेसीलाई पछ्याइरहेका छन् ।
युरो कपमा रोनाल्डो
युरोकपमा गोल्डेन बुटको दौडमा क्रिस्टियानो रोनाल्डोसँग चेक रिपब्लिकका पाट्रीक शिक पनि जोडिएका छन् ।
शिकले गएराती क्वाटरफाइनल खेलमा डेनमार्कविरुद्ध गोल गर्दै आफ्नो गोल संख्या ५ पुर्याउदै रोनाल्डोको बराबरी गरेका हुन् ।
५ गोल गरेका रोनाल्डो नेतृत्वको पोर्चुगल भने युरोकपबाट यसअघि नै बाहिरिएको छ भने चेक रिपब्लिक पनि डेनमार्कसँग २-१ गोल अन्तरले पराजित हुदै बाहिरिएको छ ।
गोल बराबरी गरेपनि रोनाल्डोले गोल असिस्ट पनि गरेको हुनाले अहिलेसम्म रोनाल्डोले नै गोल्डेन बुट जित्ने छन् ।