काठमाडौं उपत्यकाको खुकुलो निषेधाज्ञामा यी क्षेत्रमा कडाई (सूचनासहित)

फाइलफोटो

काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।

वैठकले उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाएको छ । अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सक्नेछन् ।

टेम्पो, नीलो माइक्रो नौ जना राखेर चलाउन पाइने, बीच भागमा प्लास्टिक हाल्नपर्नेछ । माइक्रोको तेस्रो सिटमा चार(चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन। २५ जनासम्मको गोष्ठी, तालिम, सेमिनार समेत गर्न पाइनेछ ।

तर, मनोरञ्जन स्थल, सैलून, ब्युटीपार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय र चिडियाखाना अझै सञ्चालन गर्न पाइने छैन।

विभिन्न प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नरगराउन पाइने छैन् ।

विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्नरगराउन, पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन-पाठन गर्न नपाउने उललेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here