यी हुन् ‘निफ्रा’ सहित लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं, २१ असार । साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार नेप्से ११.७८ अंकले घटेर २८२२.७४ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२४ कम्पनीको ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८ रुपैयाँ बराबरको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच भएका छन् ।

साताको दोस्रोदिन कारोबारको आधारमा हिमालयन डिस्ट्रीलरी कम्पनीको सर्वाधिक कारोबार भएको छ । हिमालयनको ४१ करोड २० लाख ८९ हजार ३३२ रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ ।

कोरोबारको दोस्रो नम्बरमा अपर तामाकोशीको शेयर परेको छ । अपरको १९ करोड ३६ लाख ३३ हजार ५७८ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

नेपाल बैंकको शेयर तेस्रो स्थानमा रहेको छ । नेपाल बैंकको १५ करोड ५६ लाख ९४ हजार ९४९ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

चौथो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर परेको छ । निफ्राको १३ करोड ३२ लाख ३५ हजार ९७० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

पाँचौं नम्बरमा नेपाल दुरसञ्चारको शेयर परेको छ । दुरसञ्चारको १२ करोड ८९ लाख ३१ हजार ९१० रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here