थप २६२२ जनामा कोरोना संक्रमण पुष्टी, २३ जना संक्रमितको मृत्यु

काठमाडौं, २१ असार । पछिल्लो २४ घण्टामा देशभर २६२२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७४९९ पीसीआर परीक्षणमा १७४५ र ४०२८ जनाको एन्टिजेन परीक्षणमा ८७७ जना गरी २६२२ जनामा संक्रमण पुष्टी भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा २२११ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २५ हजार ६९० रहेको छ ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here