साउन १ देखि नागरिक एपबाटै सवारी साधनको कर तिर्न सकिने

काठमाडौं, २२ असार । अब नागरिक एपबाटै सवारीसाधन सम्बन्धी राजश्व तिर्न सकिने भएको छ ।

मुलुकमा पहिलो पटक वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजश्व भुक्तानी, नवीकरण, जरिवाना लगायत दस्तुर अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था मिलाइएको हो ।

वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै अनलाइन प्रणालीमार्फत राजश्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ ।

आगामी साउन १ देखि भने नागरिक एपबाटै सवारी साधन सम्बन्धी राजस्व भुक्तानी गर्न सकिने जनाइएको छ । साथै, सवारीधनीले नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक गर्न सक्नेछन् ।

यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर भेरिफाइ गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here