शैलुङ इन्टरप्राइजेजसहित १५ कम्पनी कालोसूचीमा

काठमाडौं, २२ असार । शैलुङ इन्टरप्राइजेज सहित १५ कम्पनी कालोसूचीमा परेका छन्।

सार्वजनिक खरिद अुनगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसका आधारमा चार कम्पनीहरुलाई दुई वर्ष र एघार वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

यी सबै कम्पनीहरूलाई असार २२ गते मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा(१) बमोजिम कालोसूचीमा राखेको हो।

कालोसूचीमा परेका उनीहरूले अबदेखि तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

शैलुङ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो ।

उक्त कम्पनीले तोकिएको समयमा रासायनिक मल खरिद नगरेपछि कृषि सामग्री कम्पनीले धरौटी रकम जफत गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here