रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार सवा ४ अर्बमा सीमित

काठमाडौं, २२ असार । आइतबारदेखि निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको छ । साताको कारोबारको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । मंगलबार नेप्से ५२४ अंकले घटेर २८१८. ११ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२० कम्पनीको ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँ बराबरको १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ५ वटामा बढेको छ भने अन्य ८ वटा राताम्मे भएका छन् ।

आज हाइड्रो इलेक्ट्रोसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अप्पर तामाकोशीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

रिडी हाइड्रो ४.११, नेशनल हाइड्रो ३.९३, नेपाल इन्स्योरेन्स ३.५३, राधी विद्युत्, जोशी र विशाल बजार कम्पनीको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.२ प्रतिशतले बढेको छ । यस्तै, उत्पादनमूलक समूह पनि १ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै १.७३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी २० करोड र नेपाल बैंक १३ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here